ताजा समाचार

धितोपत्र बोर्डद्वारा ६ महिनामा २८ अर्बको शेयर निष्कासनको अनुमति

काठमाडौं, २३ माघ । नेपाल धितोपत्र बोर्डले २७ अर्ब ७६ करोड रुपैयाँको शेयर सार्वजनिक निष्काशनको अनुमति दिएको छ । बोर्डले प्रकाशित गरेको सूचना अनुसार चालु आर्थिक वर्षको सुरुका ६ महिनामा झण्डै २७ अर्ब ७६ करोड रुपैयाँको शेयर सार्वजनिक निष्काशनको अनुमति दिएको हो ।

अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत तथा रकमको आधारमा ३० दशमलब ४५ प्रतिशत बढी शेयर निष्काशनको अनुमति दिएको जनाएको हो । यो अवधिमा ४६ वटा संस्थाले शेयर निष्काशनको अनुमति लिएका हुन् ।

जसमा नौवटा कम्पनीको दुई अर्ब ८६ करोड रुपैयाँको अर्थात साधारण शेयर आइपिओ, तीन कम्पनीको दुई अर्ब ६७ करोड बराबरको थप सार्वजनिक निष्काशन अर्थात एफपीओ, ३० कम्पनीको १७ अर्ब ५३ करोड रकम बराबरको हकप्रद शेयर र चार कम्पनीको चार अर्ब ७० करोड रकम बराबरको सामूहिक लगानी कोष, निष्काशन गर्ने अनुमति दिइएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org