ताजा समाचार

ओलीको चाहानाः अबको पाँच वर्ष पार्टी अध्यक्ष र प्रधामन्त्री आफैं बन्ने

काठमाडौं, २३ माघ । एमालेले कुनै पनि हालतमा पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने अडानमा रहेको छ । पार्टी एकतापछि बन्ने एकिकृत पार्टीको अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिनुपर्ने कुरा उठिरहेका बेला एमालेले भने यस्तो अडान कायम राखेको हो ।

जसले गर्दा पार्टी एमाले माओवादीबीचको पार्टी एकता र नयाँ सरकार गठन प्रक्रियामा ढिलाई भईरहेको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष केपी ओली जुनसुकै हालतमा पनि एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री आफैं बन्ने अडानमा रहेका छन् । गत असोजमा भएको सहमति अनुसार प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद प्रचण्डलाई दिनुपर्नेछ । तर एमाले अध्यक्ष ओली भने उक्त सहमतिबाट ‘ब्याक’ भएको माओवादी नेताहरुले बताएका छन् ।

पार्टी र सरकारको नेतृत्व एउटै व्यक्तिमा अन्तरनिहीत हुनुपर्छ भन्ने एमाले महासचिव ईश्वर पोखरेलकै लाइनमा ओली उभिएपछि माओवादी नेता झस्किएका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच माघ दोस्रो साता वान टु वान वार्ता भएको थियो । लगतै ओली निबास बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै नेताले आफूहरुबीच अनौपचारिक छलफल आवश्यक भएको सुनाए ।

‘केपी ओलीजीले महाधिवेशनपछि मात्रै अध्यक्ष पद हस्तान्तरण गर्छु भन्नुभयो, प्रधानमन्त्री पनि आफैं चलाउँछु भन्नुभयो’ दुई पार्टीवीचको एकता प्रक्रियामा सहभागी हुँदै आएका एक माओवादी नेताले भने, ‘ओलीजीले मुलुक र पार्टीलाई एउटा दिशानिर्देश गरिसकेपछि मात्रै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने ईच्छा प्रकट गर्नुभएको छ ।’

ओलीले आफ्नो दिशानिर्देश अनुसार पार्टी र देशलाई अगाडि बढाएर राजनीतिक विश्राम लिने योजना बनाएका छन् । अहिले शक्ति विभाजन गरेमा आफ्नो योजना अनुसार देश अगाडि बढ्न नसक्ने भन्दै ओली जस्तो सुकै हालतमा पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री पद नछाड्ने संकेत दिएका हुन् । ओलीको यस्तो अडानले कतै बन्ने लागेको पार्टी एकता पनि भाडिन लागेको त होईन् ? माओवादी पार्टीभित्र शंका पैदा भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org