ताजा समाचार

पूर्वआईजीपी उपेन्द्रकान्त अर्याललाई अख्तियारले सफाइ दियो

काठमाडौं, २४ माघ । पूर्व प्रहरी प्रमुख (आईजीपी) उपेन्द्रकान्त अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ । अकुत सम्पत्ति आर्जनको आशंकामा अख्तियारको छानविनमा परेका अर्याललाई सफाइ दिएको हो । आयोगले उनीमाथि लागेको आरोपको छानविन मुल्तवीमा राख्ने निर्णय गरेको छ ।

अकुत सम्पत्ति कमाएको भन्दै परेको उजुरीमाथिको छानविनमा अर्यालमाथि अख्तियारले चार पटकसम्म वयान लिएको थियो । गत कात्तिकमा अख्तियारले उनको वयान लिएको थियो । तर, छानविनका क्रममा उनीमाथिको आरोप पुष्टि हुन नसक्ने भएपछि मुद्दा तत्कालका लागि स्थिगित गरिएको अख्तियारले जनाएको छ । ‘हाललाई उनले अकूत सम्पत्ति आर्जन गरेको देखिएन,’ अख्तियार स्रोतले भन्यो । थप प्रमाण भेटिए उनीमाथि पुनः अनुसन्धान सुरु हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org