ताजा समाचार

अब त अत्तिनै भो भन्दै स्थानीयले पारे नागढुङगा-थानकोट सडकखण्ड अबरुद्ध

काठमाडौं, २६ माघ । स्थानीयले काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा-थानकोट सडकखण्ड अबरुद्ध पारेका छन् । आफ्नो मागहरुको सुनुवाई नभएको भन्दै शुक्रबार विहान स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका हुन् ।

सडक विस्तारको काम छिटो गर्नुपर्ने, धुलाम्मे बाटोमा पानी हाल्नुपर्ने माग गर्दै वाडभञ्ज्याङका नागरिकहरुले प्रदर्शन गर्दै सडक अबरुद्ध पारेका हुन् । नागरिकहरुले केही समय सडक अवरुद्ध पारेपछि सवारीसाधन सडकमा रोकिएका थिए ।

स्थानीयको प्रदर्शनले थानकोट-नागढुंगा सवारी आवागमन पूर्ण रुपले ठप्प बनेको महानगरिय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक वावुराम पोखरेलले जानकारी दिए । नगरपालिकाको पहलमा सडक खुलाइएको प्रहरीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org