ताजा समाचार

बेलुका सँगै सुतेकी श्रीमती बिहान ओछ्यानै मृत फेला, श्रीमान् पक्राउ

भक्तपुर, २६ माघ । भक्तपुरमा एक महिला ओछ्यानमै मृत अवस्थामा भेटिएकी छन् । चाँगुनारायण नगरपालिका ६ खरीपाटीमा बस्दै आएकी सिन्धुपाल्चोकको साँगाचोक स्थायी घर भएकी ३० वर्षकी पुतली तामाङको शव ओछ्यानमै भेटिएको हो । खरीपाटीमा टहरा बनाएर बस्दै उनी ज्यामी काम गर्दै आएकी थिईन् ।

उनी राति श्रीमान पंचे तामाङसँगै सुतेकी थिइन् । तामाङले सँगै सुतेकी श्रीमती विहान ८ बजेसम्म पनि नउठेपछि हेर्दा ओछ्यानमै मृत्यु भैसकेको तामाङले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले भने हत्या आशंकामा पंचे तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org