ताजा समाचार

प्रदेश २ को मुख्यमन्त्री फोरमलाई, सभामुख राजपालाई, क-कसको भागमा कति मन्त्रालय ?

काठमाडौं, २७ माघ । प्रदेश २ को मुख्यमन्त्री संघीय समाजवादी फोरमले पाउने भएको छ । फोरम र राजपाबीच भएको एक सहमति अनुसार प्रदेश २ को मुख्यमन्त्री फोरमको भागमा परेको हो । दुई दलबीच भएको सहमति अनुसार अब प्रदेश २ मा दुई दलको संयुक्त सरकार बन्नेछ ।

फोरमको कार्यालय तीनकुनेमा शनिबार भएको वार्तामा पद भागवण्डा मिलेको छ । सहमतिअनुसार २९ सांसद रहेको फोरमले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालय लिनेछ । उसले आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि लिने सहमति भएको छ ।

त्यस्तै राजपाले सभामुखसँगै भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएको छ । प्रदेशसभामा रापपाको २५ सांसद छ । फोरमले संसदीय दलको नेतामा लालबाबु राउत चयन गरिसकेको छ । उनी अब मुख्यमन्त्री हुनेछन् । फोरम र राजपाले प्रदेश २ को प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन बनाएर चुनाव लडेका थिए । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले यो सहमति ५ वर्षे कार्यकालका लागि भएको बताए । अबको पाँच वर्ष दुई दल मिलेर प्रदेश २ को सरकार चलाउनेछन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org