ताजा समाचार

रक्सीले मात्तेर अर्थमन्त्रीका स्वकीय सचिवले ड्युटीमा रहेका ट्राफिक हवल्दारलाई कुकुर भनेपछि…

काठमाडौं, २७ माघ । ड्युटीमा रहेका एक ट्राफिक हवल्दारमाथि सरकारी कर्मचारीले दुव्र्यवहार गरेका छन् । कालिमाटी चोकमा ड्युटी गरिरहेका एक ट्राफिक हवल्दारलाई सरकारी गाडीमा सवार दुई जनाले शनिवार दुव्र्यवहार गरेका हुन् । ‘ड्युटी राम्रोसँग गर’ भन्दै अनाहक उफ्रिन थालेका ती दुईमध्ये एकजना ओर्लेर हवल्दारलाई लछार पछार पार्न थाले ।

यसरी ट्राफिक प्रहरीलाई लछार पछार पार्ने पोखराका शोभित पराजुली हुन् । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका स्वकीय सचिव तथा सहोदार भाञ्जा भीष्म बस्नेतले भने गाडी चलाएका थिए । यसरी ड्युटीमा रहेका प्रहरीलाई लछार पछार गर्न थालेपछि दिपेन्द्र तिमल्सिनासहितका स्थानीयहरुले उनीहरु दुवैलाई कालिमाटी प्रहरीमा लगेर बुझाएका छन् ।

प्रहरीले अर्थमन्त्री भाञ्जा र उनका साथी सवार बा१ झ ८२८२ नम्बरको सरकारी गाडी नियन्त्रणमा लिएको छ । शोभित र भिष्म दुवैले मदिरा सेवन गरेको पाइएको छ । बिदाको दिन सरकारी गाडी चलाउनका लागी आवश्यक पास समेत नलिइकन भिष्मले सरकारी गाडीको दुरुपयोग गरेको बताइएको छ । पोखराका शोभित पराजुली र अर्थमन्त्रालयको स्वामित्वमा रहेको टोयोटाको कोरोला एलएक्स कार नियन्त्रणमा लिइएको महानगरीय वृत कालिमाटीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org