ताजा समाचार

माओवादी केन्द्रबाट नयाँ सरकारले नेतृत्व कसले गर्ने ? महरा, टोपबहादुर वा बर्षमान !

काठमाडौं, २८ माघ । नयाँ सरकार गठनको प्रक्रिया नजिकिएसँगै माओवादीभित्र छलफल शुरु भएको छ । कसको नेतृतवमा सरकारमा पठाउने भन्ने विषयमा माओवादी केन्द्रभित्र छलफल शुरु भएको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको हो ।

माओवादी केन्द्रभित्र उपप्रधानमन्त्री भइसकेका कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, पूर्व अर्थमन्त्री भइसकेका बर्षमान पुन, गृहमन्त्री भइसकेका जनार्दन शर्माले सरकारको नेतृत्व गरेर जाने चाहनाअनुसार लबिङ गरिरहेका छन् । माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीभित्र सरकारको नेतृत्व गर्ने विषयमा विवाद शुरु भएको छ । यदि सरकारमा जाने अवस्था आएमा पार्टी भित्रको आन्तरिक तयारी गरेर सरकारको नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाउने गृहकार्यमा माओवादी केन्द्र जुटेको छ ।

पार्टीभित्र शीर्ष तहमा रहेका नारायणकाजी श्रेष्ठले निर्वाचनमा पराजित भएपछि अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै वरियता क्रममा रामबहादुर थापा बादल रहेका छन् । प्रदेश ३ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका रामबहादुर थापाले नै माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने विषयमा मोटामोटी शीर्ष तहमा सहमति जुटेको माओवादी एक नेताले बताए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org