यी हुन् कांग्रेसबाट समानुपातिकमा सांसद्, मन्त्रीकी प्रेमिका देखी जेठीसासु सम्म
काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपाकि तर्फ ४० सिट पाएको छ । प्रत्यक्षमा २३ सिट जितेको कांग्रेसले समानुपातिकमा भने दोब्बर बढी ४० सिट पाएको हो । त्यस्तै राष्ट्रियसभामा १३ सिट पाएको कांग्रेसको संघीय संसदमा ७६ सिट जितेको छ। राष्ट्रियसभाको चुनावपछि निर्वाचन आयोगले शुक्रबार समानुपातिकतर्फको सिट बाँडफाँडट गर्दै कांग्रेसले ४० सिट पाउने निर्णय गरेको छ।
संविधानको ८४ (८) अनुसार संघीय संसदमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्थाका कारण आयोगले मतगणना सकिएको ६५ दिनपछि शुक्रबार समानुपातिकको सिट बाँडफाँट गरेको हो। सिट बाँडफाँट गर्दैै निर्वाचन आयोगले बन्द सूचीबाट कम्तीमा २० जना महिलासहित ४० जना निर्वाचित गर्न शुक्रबार नै पत्र काटेको छ।
संघीय संसदमा कांग्रेसले पाएको ७६ सिटको एक तिहाइ अर्थात् २६ जना महिला हुनुपर्नेमा राष्ट्रियसभामा ६ जना महिला निर्वाचित भइसकेकाले निर्वाचन आयोगले कांग्रेसलाई थप २० जना महिला अनिवार्य छनोट गर्न निर्देशन दिएको हो। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने कांग्रेसबाट एकजना पनि महिला निर्वाचित भएका छैनन्।
को-को हुन् २० महिला सांसद ?
कांग्रेसले समानुपातिकबाट निर्वाचित गर्नुपर्ने कम्तिमा २० जना महिला छनोट गर्दा खस आर्य कोटाबाट ६ जनाले सांसद बन्ने अवसर पाउँछन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचिअुनसार यो क्लष्टरबाट सुजाता कोइराला, पुष्पा भुषाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा सांसद बन्नेछन् । दीपशिखा बिमलेन्द्र निधीकी जेठी सासु हुन्।
आदिवासी जनजाति क्लष्टरबाट पनि ६ जना महिलाले अवसर पाउनेछन्। बन्द सूचीको क्रम संख्यामा रहेका ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचनको नाम छनोट हुनेछ। दलित कोटाबाट सुजाता परियार, लक्ष्मी परियार सेवा र विमला नेपाली सांसद बन्नेछन्। लक्ष्मी मीन बिश्वकर्माकी प्रेमिका हुन्, अहिले दुवै सांसद् बन्दैछन्। मीन बाणिज्य मन्त्री समेत छन्। त्यस्तै, मधेसी क्ल्स्टरबाट रहेकी सीतादेवी यादव, चित्रलेखा यादव र मिनाक्षी झा सांसद बन्ने निश्चित छ।
कांग्रेसले थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्न पाउँछ। दुवै कोटाबाट एकरएकजना निर्वाचित गर्दा महिलातर्फ जम्मा प्राप्त गरेको २० भन्दा धेरै हुने भएकाले थारु र मुस्लिममध्ये कुनै एकबाट एक जना छनोट गरिनुपर्छ। यसअनुसार थारु कोटाको पहिलो नम्बरमा रहेकी पार्वती डिसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहेकी सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन्। पीछडिएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही बन्ने पक्का छ।
यी हुन् पुरुषतर्फका २० सांसद्ः
कांग्रेसले पठाउने पुरुषतर्फका २० जना छनोट गर्दा खस आर्य कोटाबाट ६ जना पठाउनुपर्छ। क्रमसंख्याअनुसार बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे सांसद बन्नेछन्।
आदिवासी जनजाती कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा र दिव्यमणि राजभण्डारी छनौट हुनेछन्। दलित क्लष्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्नेछन्। त्यस्तै मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय सांसद बन्नेछन्।
कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्नुपर्ने अवस्था छ। थारु कोटाको पहिलो नम्बरमा रहेका पद्मनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन्। पिछडिएको क्षेत्रबाट पुरुषतर्फ बन्द सूचीको पहिलो नम्बरमा रहेका अछामका रामबहादुर बिष्ट सांसद बन्न पाउनेछन्।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...