ताजा समाचार

डोरमणिलाई प्रदेश ३ को मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र

काठमाडौं, २८ माघ । प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेललाई नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाईएको छ । प्रदेश ३ को सरकार गठनको तयारीमा रहेका एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुखलाई पज्ञ पठाएका हुन् । एमाले संसदीय दलको नेता पौडेललाई प्रदेश ३ को मुख्यमन्त्री आफ्नो समर्थन रहेको भन्दै माओवादीले प्रदेश प्रमुखलाई पत्र पठाएको छ ।

प्रदेश ३ मा एमालेको प्रष्ट बहुमत छ भने माओवादीले पनि पौडेललाई नै समर्थन गरेको छ । एमालेले पौडेललाई मख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएको हो । माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले आइतबार प्रदेश प्रमुखलाई पत्र पठाएर पौडेललाई समर्थन गरेको जनाएका छन् । पौडेल एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org