ताजा समाचार

प्रदेश ३ को उपसभामुखमा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध

काठमाडौं, २८ माघ । प्रदेश ३ को उपसभामुखमा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् । तामाङले वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादीकी उपनेता कुमारी मोक्तान छिन् ।

अरु उम्मेदवारी नपरेपछि उनी निर्विरोध बनेकी हुन् । कांग्रेसले उपसभामुख आफूले पाउनुपर्ने दाबी गरेपनि उम्मेदवारी नै दिएन । नुवाकोट क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित ३४ वर्षीया प्रदेशसदस्य तामाङ माओवादी केन्द्रीय सदस्य र पूर्व कृषि राज्यमन्त्री हुन् । एमालेका सानु श्रेष्ठ सभामुख निर्वाचित भएका छन् । वाम गठबन्धनका उम्मेदवार उनी पनि निर्वारोध निर्वाचित भएका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org