ताजा समाचार

आयोगले राष्ट्रियसभाको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझायो

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसपक्ष पेश गरेको छ । आयोग पदाधिकारीले आइतबार बिहान राष्ट्रपति कार्यलय शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई नतिजा बुझाएको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए । गत माघ २४ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सात प्रदेशबाट ५६ सदस्य निर्वाचित भएका थिए ।

जसमा सवैभन्दा बढि एमालेले २७ सिट जितेको थियो भने काँग्रेसले १३, माओवादी केन्द्रले १२ तथा राजपा र संघीय समाजवादी फोरमले दुईदुई सिट जितेका थिए । राष्ट्रिय सभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना सदस्य मनोनित गरेपछि राष्ट्रियसभाले पुर्णता पाउनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org