ताजा समाचार

प्रदेश ४ को मुख्यमन्त्री एमाले सचिव पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ किन पछि हटे ?

पोखरा, २८ माघ । प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङको नाममा सहमति भएको छ । मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।

आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति हो । अब एमाले संसदीय दलको बैठक बसेर गुरुङलाई दलको नेता चयन गर्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org