ताजा समाचार

सस्तोमा सुन दिने भन्दै २० लाख रुपैयाँ ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं, २८ माघ । सस्तोमा सुन दिने भन्दै ठगी गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीको अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट बजारको भाउभन्दा कम मूल्यमा सुन दिने भन्दै ठगी गर्ने ४ जनालाई पक्राउ गरेको हो । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले ठगी गर्ने व्यक्तिलाई खोजि गरेको थियो ।

उनीहरुले पीडितबाट पैसा उठाएर सुन नल्याइदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । पक्राउ पर्नेमा धादिङका ३२ वर्षका नरेन्द्र महरा, दार्चुलाका ३३ वर्षका इन्द्रसिंह धामी, दार्चुलाका ३२ वर्षका भुपेन्द्रसिंह धामी, चितवनका २४ वर्षका भरतविलास पराजुली रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २० लाख ५० हजार नगदसहित स्विफ्ट गाडी पनि बरामद गरेको जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org