ताजा समाचार

अखिल क्रान्तिकारीद्धारा शुप विश्वविद्यालयका पदाधिकारीको गाडी नियन्त्रणमा, कुर्ची सुकाईयो घाममा

 

कञ्चनपुर, २८ माघ । माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी कञ्चनपुरले शुदूरपश्चिमाअञ्चल विश्वविद्यालय र महाकाली अञ्चल अस्पत्ताल विरुद्ध आन्दोलनको सुरुवात गरेको छ । अखिल क्रान्तिकारीले शुप विश्वविद्यालयका पदाधिकारीहरुले प्रयोग गर्दै आएका गाडीहरु नियन्त्रणमा लिएको छ । त्यस्तै उनीहरुले बस्दै आएका कुर्सीहरु समेच कार्यकक्ष भन्दा बाहिर ल्याएर घाममा सुकाईएको छ ।

विश्वविद्यालय समक्ष विभिन्न मागहरु राख्दा पनि कुनै सुनवाई नगरेको भन्दै विश्वविद्यालयका पदाधिकारी विरुद्ध आन्दोलन सुरु गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विरेन्द्रराज विष्टले जानकारी दिए । सधै तालाबन्दी र नारा जुलुसबाट पदाधिकारीमाथि कुनै असर नपरेको भन्दै यो पटक उनीहरुमाथि नै आक्रमण गरिएको अध्यक्ष विष्टको भनाई छ ।

आफुहरु आन्दोलन गर्दै जाने, त्यसको मार स्वयंम् विद्यार्थीहरुमा पर्ने तर विश्वविद्यालय पदाधिकारीहरुलाई केही नहुने भन्दै यो पटक आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए । विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन लगायतका पदाधिकारीहरु आफ्नो मनपरी ढंगले चलेको भन्दै अखिलले उनीहरुले चढ्दै आएको गाडी नियन्त्रणमा लिएको अध्यक्ष विष्टको भनाई छ । पदाधिकारीहरु ठिक समयमा कार्यालय नआउने गरेको, पदाधिकारीहरु आफ्नो मनोमानीले चल्दै आएको आरोप अखिलले लगाएको छ ।

आईतबार १२ः३० मा पनि कार्यालय नआएका उपकूलपति, रजिष्ट्रार, डीन लगायतका पदाधिकारीले प्रयोग गर्दै आएका कुर्सीहरु समेत बाहिर राखेका छन् । यो आन्दोलनको शुरुवात भएको भन्दै अध्यक्ष विष्टले भने, ‘अबको तीन दिनभित्र आफ्ना मागहरु सम्बोधन नभए विश्वविद्यालय पदाधिकारीविरुद्ध कडा आन्दोलन गर्छौ ।’

अखिलले विभिन्न ४ वटा मागहरु राखेको छ । यस विषयमा प्रतिक्रिय लिन खोज्दा उपकूलपति र रष्ट्रिारसँग सम्पर्क हुन सकेन् । उपकूलपति विद्याभूषण श्रेष्ठको मोवाईल नम्बरमा फोन गर्दा कुनै अर्को व्यक्तिले फोन उठाएर उहाँ अहिले मिटिङमा रहेको प्रतिक्रिया दिएका थिए । उनीहरुले राखेका मागहरुमाः

१. डिन नियुक्ति हुनुपर्ने,
२. गाडीहरुमा विश्वविद्यालयको लोगो हुनुपर्ने,
३. कर्मचारी समय उपस्ति हुनुपर्ने,
४. विद्यार्थीहरुको ६/७ महिना देखि रोकिएको परिक्षा नतिजा सार्वजनिक गर्नुपर्ने ।

त्यस्तै महाकाली अञ्चल अस्पत्ताल विकास समितिका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेको छ । महाकाली अञ्चल अस्पताल सुधारका पटकपटक ज्ञापनपत्र, स्मरणपत्र, खुला अन्तर्कृया गरेर पनि अञ्चल अस्पताल सुधारका लागि अञ्चल अस्पताल प्रसासनले कुनै पनि पहलकदमी नगरेको भन्दै अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको हो । तीन दिनभित्र माग सम्बोधन नभएको अस्पत्तालविरुद्ध कडा आन्दोलन गर्ने अध्यक्ष विष्टले चेतावनी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org