ताजा समाचार

एमालेका समानुपातिक सांसद विश्लेषणः कोही पति पत्नीदेखि दाजु बहिनीसम्म

काठमाडौं, २८ माघ । एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सांसदको नाम टुंगो लगाएको छ । आईतबार बसेको एमाले केन्द्रीय कमिटि बैठकले समानुपाति सांसद्को नाम टुंगो लगाएको छ । एमालेले सार्वजनिक गरेको नाममा विश्लेषण गर्दा श्रीमान श्रीमतीदेखि दाजु बहिनीसम्म अटाएका छन् ।

एमाले उपाध्यक्ष बामदेव गौतमकी पत्न तुलसा थापा, प्रदेश ५ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका शंकर पोखरेलकी पत्नी सुजिता शाक्य र पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकी पत्नी विना श्रेष्ठ पनि उक्त सूचिमा अटाएका छन् । त्यस्तै माया ज्ञवाली, विद्यार्थी आन्दोलनबाट आएकी रामकुमारी झाक्री, नविना लामालाई समेत समेटेको छ ।

उद्योगी मोती दुगड पनि समानुपातिक सूचीबाट सांसद् भएका छन् । नेतापत्नी भए पनि उनीहरु तीनैजना पार्टीमा लामो समयदेखि पार्टीमा क्रियाशील महिला नेतृ हुन् । कृष्णगोपाल र विनासँगै रघुवीर महासेठ र जुली कुमारी महतो पति पत्नी दुवैजना प्रतिनिधिसभा सदस्य बन्ने भाग्यमानी दम्पत्ति परेका छन् । महासेठ धनुषा ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने जुली समानुपातिकबाट सांसद बनेकी छन् ।

कृष्णगोपाल काठमाडौं ९ बाट निर्वाचित भएका छन् । तत्कालिन एमाले महासचिव जननेता मदनकुमार भण्डारीसँगै दासढुंगा दुर्घटनामा निधन भएका संगठन विभाग प्रमुख जीवराज आश्रति पत्नी माया ज्ञवाली न्यौपाने पनि समानुपातिकबाट सांसद बनेकी छन् ।

सशस्त्र द्वन्द्वका क्रममा माओवादीबाट हत्या गरिएका रुकुमका नेता यदु गौतमकी पत्नी तीर्था गौतमलाई पनि एमालेले समानुपातिक सांसद बनाएको छ । उनी २०५६ मा पतिको हत्यापछि रुकुमबाट सांसद निर्वाचित भएकी थिइन् ।

चर्चित विद्यार्थी नेता रामकुमारी झाँक्री र अनेरास्ववियुका वर्तमान अध्यक्ष नविना लामा पनि समानुपातिकबाट निर्वाचित भएका छन् । केपी ओली सरकारको पालामा राजदूत सिफारिस भएर पनि पद सम्हाल्न नपाउँदै हटाइएकी की डा. शिवमाया तुम्बाहम्फे पनि समानुपातिकबाट सांसद भएकी छन् ।

त्यस्तै सहोदर दाजु बहिनी बिजय सुब्बा र शिबमाया एकैपटक समानुपातिकबाट सांसद बनेका छन् । विजय सुब्बा अशोक राईहरुसँग एमाले छाडेर संघीय समाजवादीमा गएका थिए तर, नवौं महाधिवेशन लगतै फर्किएका थिए ।

एमालेबाट समानुपातिकमा निर्वाचित हुने पूर्व सांसद तथा पूर्व मन्त्रीहरुको संख्या पनि उल्लेख्य छ । यस्तै थरुहट तराई पार्टीबाट नयाँ शक्ति हुँदै चुनावको पूर्वसंख्यामा एमाले बनेकी गंगा चौधरी ले पनि एमालेबाट सांसद हुने सौभाग्य पाएकी छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org