ताजा समाचार

प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल, नियुक्त, सपथ र पदबहाली भोलि

हेटौंडा, २८ माघ । प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले नेता डोरमणि पौडेल नियुक्त भएका छन् । प्रदेशसभा संसदीय दलका नेता समेत रहेका पौडेललाई प्रदेश प्रमुख अनुराधा कोईरालाले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । उनको सपथ भोलि विहान ८ बजे तय भएको छ ।

एमाले र माओवादीले आइतबार मात्र पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका थिए । ११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत (५८ सांसद) छ । २३ सांसद रहेको माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा पौडेललाई समर्थन गरेको छ ।

भोलि विहान साढे ९ बजे सपथ राखिएको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए । पौडेलले प्रदेश प्रमुख कोइराला समक्ष मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनेछन् । लगतै साढे ११ बजे पदबहालीको कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयका सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org