ताजा समाचार

अब प्रदेश २ मा मर्यादापालकलाई दौरासुरुवाल होईन् सफारी सुट र सारी

जनकपुरधाम, २९ माघ । प्रदेश २ को प्रदेशसभाका मर्यादापालकको पोशाक तय गरिएको छ ।जनकपुरमा सोमवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मर्यादापालकले लगाउने पोशाक तय गरेको हो । यसअघि प्रदेशसभाको पहिलो बैठक बस्नुअघि नै सर्वदलीय बैठकबाट दौरा सुरुवाल लगाउन नपाउने निर्णय गरेपछि मर्यादापालकहरु आफू खुसी ड्रेस लगाएर पुगेका थिए । पुरुष मर्यादापालक सर्टपाइन्ट-स्वेटर तथा ज्याकेट र महिला मर्यादापालक कुर्तासुरुवालमा पुगेका थिए । उनीहरुलाई चिनाउन ब्याच दिइएको थियो ।

अब पुरुष मर्यादापालकका लागि ‘क्रिम कलर’ को ‘सफारी सुट’ र महिलाका लागि ‘क्रिम कलर’ को ‘साडी’ को व्यवस्था गरिएको छ । टोपी लगाउनेरनलगाउने भन्ने चाहिँ स्वतन्त्रता दिने निर्णय भएको छ । प्रदेश सांसदहरूका लागि छलफल गरेर निर्णय गर्ने सहमति भएको छ । बैठकले प्रदेश सांसदहरूको सम्पत्ति विवरण ६० दिनभित्र पेश गर्ने निर्णय पनि गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org