ताजा समाचार

नेको इन्स्योरेन्सले दोस्रो त्रैैमासमा ११ करोड ६५ लाख नाफा कमायो

काठमाडौं, २९ माघ । नेको इन्स्योरेन्स लिमिटेडले ले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा सन्तोषजनक नाफा गरेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ६५ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ७ करोड ३३ लाखमा सीमित थियो ।

अघिल्लो वर्ष ६४ करोड ७४ लाख रुपैयाँ रहेको बिमाशुल्क आर्जन बढेर ८० करोड ९८ लाख पुुगेकोले नाफा समेत बढेको हो । समीक्षा अवधिमा नेको इन्स्योरेन्सले पुनर्बिमा कमिसन आय ५ करोड ९६ लाखबाट बढाएर ८ करोड १८ लाखको उचाईमा पुर्याएको छ । यस्तै, लगानी कर्जातथा अन्यबाट हुने आय समेत १ करोड ६० लाखबाट बढाएर ३ करोड ६० लाख पुर्याएको छ ।

यो अवधिमा कम्पनीले १८ करोड ७१ लख खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ८ करोड ८८ लाखमा सीमित थियो । कम्पनीको व्यवस्थापन खर्च भने अत्यधिक बढेको छ । अघिल्लो वर्ष ६ करोड २२ लाख रहेको यस्तो खर्च बढेर ९ करोड २९ लाखको उचाईमा पुुगेको छ ।

नेकोले रिजर्ब कोषतर्फ कमालको प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १२ करोड ९७ लाख रुपैयाँ रहेकोमा बढेर २५ करोड ९३ लाखको उचाई चुमेको छ । बिमा कोषमा ३४ करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यो कोषमा २१ करोड ६७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा नेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २९.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०९.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.४६ गुणा कायम भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org