ताजा समाचार

शिवरात्रीमा नागाबाबाको लिङ्ग प्रर्दशनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा मुद्धा

काठमाडौं, २९ माघ । शिवरात्रीमा नागाबाबाहरुले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन् । न्यौपानेले धर्मको नाममा नागाबाबाद्धारा गरिने अश्लील प्रदर्शन र उच्छृङखल व्यवहार नियन्त्रण गर्न आदेश माग गरी सो रिट दायर गरेका हुन् ।

न्यौपानेले धर्मशास्त्रमा उल्लेख नै नभएको व्यवहार देखाएर नागाबाबाले समाजमा भ्रम र अन्धविश्वास फैलाइरहेको बताए । उक्त कार्य संविधान विपरीत भएको बताउँदै लिङ्गको प्रयोग गरी विभिन्न अश्लील खेलहरु खेल्ने, हेर्न बाध्य बनाउने लगायतका कार्यबाट महिला तथा बालबालिकामाथि मनोवैज्ञानिक यौन हिंसा हुने उल्लेख गरिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org