ओली र प्रचण्डबीचको गोप्य बैठक सकियो, के भयो सहमति ?
काठमाडौं, २९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भेटवार्ता भएको छ । ललिपुरको मानभवनमा दुई नेताबीच भएको भेटवार्तामा नयाँ सरकार गठन, पार्टी एकता लगायतका विषयमा छलफल भएको थियो । तर उनीहरूबीच कुनै सहमति हुन नसकेको बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट फर्केपछि दुई अध्यक्षबीच पहिलो पटक गोप्य भेटर्वाता भएको हो ।निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम शनिबार राष्ट्रपतिलाई बुझाइसकेको छ। प्रतिनिधिसभाको नतिजा समेत फागुन पहिलो सातासम्म राष्ट्रपतिलाई बुझाउने तयारीमा आयोग जुटेको छ। योसँगै फागुन दोस्रो सातामा नयाँ सरकार गठन गर्न सक्ने गरी बाटो खुल्ने छ। तर नयाँ सरकार गठनको समय नजिकिँदै गर्दा स्पष्ट बहुमत पाएको वाम गठबन्धनभित्र आशंका उत्पन्न भएका छन्।
नयाँ सरकार गठनअघि पार्टी एकता गर्नुपर्ने पक्षमा माओवादी केन्द्र रहेको भने एमाले सरकार गठन र पार्टी एकता सँगैसँगै अघि बढाउने पक्षमा रहेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा रहँदा पार्टी एकतामा आशंका पैदा गर्ने खालको अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ’म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फड्को मार्न सक्छु।’
यता शनिबार बसेको एमाले स्थायी कमिटी बैठकमा पनि पार्टी एकताको विषयमा छलफल भएको थियो। बैठकमा एमाले अध्यक्ष ओलीले पार्टी एकताबारे ‘वान टु वान’ वार्तामा भएको प्रगति विवरण जानकारी गराएका थिए। आजै बस्ने भनिएको एकता संयोजन समितिको बैठक स्थगित भएको छ । माओवादी केन्द्रलेप्रतिनिधिसभाको समानुपातिकतर्फको नामावली टुंग्याउनुपर्ने भएकाले समितिको बैठक नबस्ने भएको हो ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...