ताजा समाचार

प्रदेश ३ को मन्त्रिपरिषद् विस्तार, जम्मरकट्टेलले पाए ‘गृह’मन्त्री, स्थापितलाई पूर्वाधारमन्त्री

हेटौंडा, २९ माघ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आजै मुख्यमन्त्रीको सपथ ग्रहण गरेका पौडेलले एमाले र माओवादी केन्द्रबाट एक एक जना गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

पौडेलको मन्त्रीमण्डलमा माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै एमालेबाट केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरु दुबै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् ।

आन्तरिम मामिला मन्त्रालय नपाएपछि जम्मरकट्टेलले सरकारमा जान आनाकानी गरेका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएपछि सहमति जुटेको छ । वार्ता लगतै प्रचण्डले प्रदेशसभा संसदीय दलका नेता जम्मरकट्टेललाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका थिए । प्रचण्डको निर्देशनपछि जम्मरकट्टेल मन्त्री बन्न तयार भएका हुन् ।

एमालेबाट प्रदेश मन्त्री बनेका स्थापित यसअघि काठमाडौं महानगरपालिकाको मेयर भईसकेका छन् । स्थापित मेयर हुँदा काठमाडौंको विकासका लागि गरेको कामबाट चर्चामा आएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org