ताजा समाचार

श्रीमानबाटै शरिरमा मट्टीतेल छर्किएर आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु

काठमाडौँ, २९ माघ । शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भएकी एक महिलाको ज्यान गएको छ । श्रीमान तथा घरपरिवारबाट शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनको ज्यान गएको हो ।

खातुनलाई केही दिनअघि श्रीमानले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए । आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते अस्पतालमा भर्ना गरिएको थियो ।

http://news-nepal.com/743372/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org