ताजा समाचार

पेरिस डाँडाबाट विप्लव र वैद्यलाई प्रचण्डको आग्रहः अब क्रान्ति गर्छु भन्ने दिवास्वप्नबाट ब्यूँझनुस्

काठमाडौं, १ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देश विकासको आवश्यकता रहेको बताएका छन् । अझै क्रान्तिको खाँचो छ भन्दै आएका शक्तिहरुलाई सुझाव दिँदै अब केवल देश विकासको लागि मात्रै क्रान्ति गर्नुपर्ने बताएका हुन् ।

प्रचण्डले रहर र लहडमा क्रान्ति नहुने भन्दै विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन आग्रह गरे । विप्लवका साथै उनका गुरु भनेर चिनिएका मोहन वैद्यको नाम लिँदै उनले भने, ‘जनतादेखि भाग्ने अनि लुकेर छिपेर आफ्नो उद्देश्य भन्दै नभनी घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नाबाट ब्यूझन अपील गर्न चाहन्ँछु ।’ ‘क्रान्ति रहर र लहडमा हुँदैन’ भन्नु अघि उनले लामो पृष्ठभूमि बाँधेर सशस्त्र विद्रोहको एजेण्डा थाती राखेर पञ्चायतविरुद्ध कांग्रेस, एमालेहरुसँग जनआन्दोलनमा सहभागी भएको तथा बहुदल आएपछि पनि संसदमा गएको सुनाएका थिए ।

अब शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानः
प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सहभागी हुन पूर्वसहकर्मी मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई अपील गरेका छन् । प्रचण्डले एमाले र माओवादीबीच भइरहेको एकता प्रयास शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियान भएको बताए ।

सोमबार भएको वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेपालको सामाजिक राजनीतिक जागरणमा जनयुद्धको महत्वपूर्ण भूमिका थियो र छ’ भन्ने स्वीकार गरेको सुनाउँदै उनले भने, ‘आजकै दिन पार्टी एकता टुंग्याउन सकियो भने राम्रो हुन्छ । हाम्रो प्रयास छ आज नै टुंगोमा पुगोस् ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org