ताजा समाचार

वाम एकताको ‘ब्रेक थ्रु’ हुनै लाग्दा ओलीले भारतीय राजदूतसँग किन भेटे ?

काठमाडौं, १ फागुन । एमाले अध्यक्ष केपी ओली र नेपालका लागि भारतीय राजदूतबीच भेटवार्ता भएको छ । वाम एकता अभ्यास निष्कर्षमा पुगिरहेकै बेला एमाले अध्यक्ष केपी ओली र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीबीच भेटवार्ता भएको हो ।

ओलीलाई भेट्न राजदूत पुरी सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमै पुगेका थिए । पुरीले हिन्दु धर्मावलम्वीहरुको महान चाड शिवरात्रीको अवसरमा सुभकामना समेत दिए । उनीहरु दुईबीच केही समय पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि गम्भीर छलफल भएको थियो । ओलीले पुरीसँगको भेटमा वाम एकता निष्कर्षमा पुगेको बताएका थिए ।

वाम एकता निष्कर्षमा पुगेकै बेला ओलीले अचानक भारतीय राजदूतसँग भेटेको कुरालाई राजनीतिक विश्लेषकहरुले भने आलोचनात्मक रुपमा ब्याख्या गरेका छन् । उनीहरुले ओलीको ‘राष्ट्रवादी लाईन’को कडा रुपमा आलोचना गरेका छन् । मंगलबार जब पुरी र ओलीबीच भेटवार्ता भयो, नेकपा एमाले निकटस्थ केही विश्लेषकहरु सिंहदरबारमै थिए ।

ओलीलाई भेट्न पुरी भित्र छिरेपछि केही बेरका लागि सुरक्षा व्यवस्था कडा पारियो । ओलीलाई भेट्न पर्खिरहेका थुप्रै नेता–कार्यकर्ता तथा अन्य सुभचिन्तकहरुले अरु केही घण्टा पर्खनुपर्ने भयो । यस्तो अवस्थामा ओलीको भारतीय राजदूतसँगको भेटलाई रोचक पारामा ब्यंग्य समेत गर्न थालेका छन् । ‘ओलीको राष्ट्रवादी लाईन पनि देखियो नी १’, संसदीय दलको कार्यालय परिसरमा भेटिएका एमालेकै एक नेताले भने, ‘दाह्री पालेको रहेछ । हामीलाई हटाएर भित्र छिर्यो ।’

पछिल्लो समय भारतीय प्रबृत्तिको विरोध गर्दै चर्चा कमाएका पूर्वप्रधानमन्त्री केपी ओलीको भारत सम्बन्धबारे बेला बेला अनेक किसिमका टिप्पणी हुँदै आएको छ । यसअघि ओलीकै निमन्त्रणमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणमा आएकी थिईन् । उनले सबैभन्दा पहिला अध्यक्ष ओलीसँग नै भेटवार्ता गरेकी थिईन् । उक्त भेटवार्ता पनि पछि ओलीको निकै आलोचना भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org