ताजा समाचार

को- को पुगे प्रचण्डलाई छाडेर विप्लवको जनयुद्ध दिवस ‘क्याम्प’ मा

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रले २३ औं जनयुद्ध दिवस पेरिस डाँडामा मनायो । मंगलबार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गरे । तर कुनै बेला प्रचण्डका अति विश्वासिला मानिएका नेताहरु भने अर्कै ठाउँतिर लापत्ता भए ।

माओवादीभित्र वाम एकताका विषयमा असन्तुष्टि जनाईरहेका गोपाल किँराती, विश्‍वभक्त दुलाल ‘आहुती’, लोकेन्द्र विष्ट लगायतका नेताहरु भने विप्लवको कार्यक्रमतिर लागे । जनयुद्ध दिवसको अवसरमा नेकपा र क्रान्तिकारी माओवादीले राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा उनीहरुको उपस्थिति रह्यो ।

बिगतका बर्षहरुमा अलग अलग कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले यसपटक संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो । प्रचण्डले पेरिसडाँडामा आयोजना गरेको जनयुद्ध दिवस विशेष कार्यक्रम छोडेर ती नेताहरु वैद्य र विप्लवको कार्यक्रममा सहभागी भएका हुन् ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, परी थापा, नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, उमा भुजेललगायतका नेताहरुले प्रचण्डको प्रचण्डको आलोचना गरेका छन् । प्रचण्डको कार्यक्रम छोडेर गोपाल किराती सहितका माओवादी नेताहरु बैद्य र विप्लवको कार्यक्रममा पुगेपछि पेरिसडाँडामा मच्चिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org