ताजा समाचार

अबको २० दिनमा मेलम्ची सुरुङमा ‘ब्रेक थ्रु’, २४० मिटरमात्रै खन्न बाँकी

काठमाडौं, १ फागुन । कुनै अवरोध नआए अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काम मध्येको प्रमुख सुरुङमार्ग निर्माण सकिने भएको छ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ ।

अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ । अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किमि र सुन्दरीजलदेखि सिन्धुसम्म करिब नौ किमि सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सो आयोजनाको कूल सुरुङ मार्ग २७.५ किलोमिटर रहेको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को १० औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले सो जानकारी दिँदै अबको २० दिनमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण थ्रेक थ्रु हुने जानकारी दिए । सो आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org