ताजा समाचार

पेरिस डाँडामा उठ्यो अब बन्ने सरकारले जनयुद्धलाई राष्ट्रिय दिवस बनाउनुपर्ने माग

काठमाडौं, १ फागुन । फागुन १ गते माओवादीहरुले मनाउँदै आएको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस बनाउन माग गरिएको छ । २३ औं जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी नेता तथा कार्यकर्ताहरुले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा घोषणा गर्न माग गरेका हुन् ।

विभिन्न जनवर्गीय संगठनका अध्यक्षहरुले राष्ट्र र जनताको अधिकार प्राप्तिका लागि जनयुद्ध सुरु गरिएको भन्दै अब बन्ने सरकारले यसलाई राष्ट्रिय दिवस घोषणा गर्नुपर्ने माग गरेका हुन् । ‘जनयुद्धको महत्व र भूमिकाको मूल्याङ्कन गर्दै अब बन्ने सरकारले राष्ट्रिय दिवसका रुपमा घोषणा गर्नुपर्छ,’ जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्रीले भने, ’जनताको अधिकार प्राप्तिका लागि सुरु भएको जनयुद्धलाई राष्ट्रिय दिवस बनाउन अध्यक्षले पहल गर्नुपर्छ ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org