ताजा समाचार

मुख्यमन्त्रीले गरे नारायणगढ-मुग्लिन सडकको अनुगमन, अब केही होला ?

हेटौंडा, १ फागुन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नारायणगढ मुग्लिन सडकखण्डको अनुगमन गरेका छन् । मुख्यमन्त्रीको पदभार सम्हालेको भोलिपल्टै नारायणगढ मुग्लिन सडकखण्डको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल पनि सहभागी थिए ।

मुख्यमन्त्रीको टोली १५ किलो भन्ने ठाउँ सम्म पुगेको थियो । पौडेलले सडक विस्तार सुरु भएको लामो समय बित्दा पनि नसकिएको भन्दै छिटो काम सक्न आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । ‘मुख्यमन्त्रीले कडा निर्देशन दिनु भएको छ । समयमा काम भएन भने ठेक्का नै खारेज गर्ने चेतावनी दिनु भएको छ’ मन्त्री जम्मरकट्टेलले भने । अनुगमनकै क्रममा मुख्यमन्त्रीको टोलीले दासढुङगामा रहेको मदन भण्डारी र जिवराज आश्रतिको शालिकमा माल्यार्पण पनि गरेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org