ताजा समाचार

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे, आखिर यो किन मनाईन्छ ?

काठमाडौं, २ फागुन । आज फेब्रुअरी १४, अर्थात भ्यालेन्टाइन डे । भ्यालेन्टाइनको सम्झनामा विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक विवाह समेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि भ्यालेन्टाइन डेलाई युवायुवतीले उपयोग गर्ने गर्दछन् ।

भ्यालेन्टाइन डे को अवसरमा आज काठमाडौं लगायत विभिन्न सहरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ । सार्वजनिक पार्क तथा उद्यानहरु आज प्रेमजोडीले भरिभराउ हुन्छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org