ताजा समाचार

दक्षिण कोरियाले एकैपटक पठायो ११ सय नेपालीको श्रम सम्झौता

काठमाडौं, २ फागुन । दक्षिण कोरियाले सन् २०१८ मा अघिल्लो वर्षभन्दा तीन गुणा बढी नेपाली कामदार लैजाने भएको छ । भाषा परिक्षा (ईपीएस) उत्तीर्ण गरेकाहरु मध्येबाट कोरियाले यो वर्षको पहिलो चरणमा ११ सय नेपाली कामदारको श्रम सम्झौता पठाएको छ ।

थप ११ सयभन्दा बढीको ‘लेबर कन्ट्रयाक्ट’ आउन लागेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले जानकारी दिए । कोरियाले यो वर्षको पहिलो चरणमा ११ सयको श्रम सम्झौता पठाईसकेको छ । ‘अझै
११ सयभन्दा बढीको ‘लेबर कन्ट्रयाक्ट’ आउने तयारीमा छ’ उनले भने । सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका पाँच जना कोरिया उडिसकेका छन् ।

गत वर्ष पहिलो लटमा पाँच सय कामदारको मात्रै कन्ट्रयाक्ट आएको थियो । यस वर्ष भने पहिलो लटमै कोरियाले राम्रो संख्यामा कन्ट्रयाक्ट पठाउने संकेत गरेको छ । यसैसाता सन् २०१८ का लागि ईपीएस उत्तीर्ण गरेका नेपाली कामदारको छनोट थालेको कोरियाले शुरुवातमै उक्त संख्यामा कन्ट्रयाक्ट पठाएको हो ।

कोरियाको मानव संशोधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक दुवैतर्फका कामदार छान्ने क्रम तीव्र पारेको छ । विभागले भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको चार चरणमा छनोट गर्ने गरेको छ । अब मे २०१८ मा दोस्रो चरणको छनोट शुरु हुनेछ । त्यसको तीन महिनापछि सबै लटको छनोट सकिने भण्डारीले बताए ।

कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हुन्छन् । उनीहरुले परीक्षा उत्तीर्ण भएकामध्येबाट आफूलाई आवश्यक पर्ने कामदारको भाषा परीक्षण गर्न पाउँछन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org