ताजा समाचार

हेडमास्टरले बलात्कार गरी बसेको गर्भ तुहाउन खोज्दा छात्राको मृत्यु

हुम्ला, २ फागुन । हुम्लामा एक प्रधानाध्यापकमाथि बलात्कारको आरोप लागेको छ । हुम्लाको नाम्खा गाउँपालिकामा महावौद्ध माविका प्रधानाध्यापक दनलाल रोकायलाई आफ्नै विद्यालयमा अध्ययनरत छात्रामाथि बलात्कार गरेको आरोप लागेको हो । प्रधानाध्यापक रोकायले आफ्नै छात्रामाथि बलात्कार गरेको आरोप पीडितका आफन्तले लगाएका हुन् ।

बलात्कृत छात्राको पेटमा रहेको गर्भ तुहाउन खोज्दा छात्राको निधन भएपछि पीडितका आफन्त न्यायको खोजी गर्न भन्दै काठमाडौं आईपुगेका छन् । यसअघि हुम्लाको विभिन्न विद्यालयमा कार्यरत रहँदा छात्रामाथि दुव्यर्वहार गर्ने गरेको आरोप लाग्दै आएका महाबौद्ध माविका प्रधानाध्यापक रोकायाले सोही विद्यालयमा कक्षा १० मा अध्ययनतर छात्रामाथि बलात्कार गरी गर्भपतन गराउने भन्दै हत्या गरेको पीडितका परिवारको आरोप छ ।

हुम्ला जिल्लाबाट हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका तथा संविधानसभा २०६४ का सदस्य छिमी लामाले ट्युसन पढ्न गएकी छात्रालाई प्रधानाध्यापक रोकायाले बलात्कार गरेपछि चुप लागेर बस्न धम्की दिएको, गर्भ रहेको थाहा पाएपछि गर्भपतन गर्ने औषधी खुवाएर छात्राको हत्या गरिएको जानकारी आफूले पाएको बताए । गर्भपतनको प्रयास गरिएकी छात्रा बिरामी भएपछि हेलिकोप्टरमार्फत पोखरा पु¥याईएको थियो । पोखराको मणिपाल अस्पतालमा उनको ज्यान गएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org