ताजा समाचार

बालकोटमा ओलीलाई एमाले नेताहरुले प्रचण्डलाई जे जे दिँदा हुन्छ दिउँ भनेपछि…

काठमाडौं, २ फागुन । शनिवार साँझ बालकोटमा पार्टी एकताबारे समीक्षात्मक बैठक गर्न माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, सुवास नेमवाङलगायत एमाले शीर्ष नेताहरु भेला भए ।

सबैजसो नेताले अध्यक्षलाई सुझाव दिए, ‘जे–जे दिँदा एकता हुन्छ, त्यो दिऊँ तर एकतालाई सार्थक पारौं । अन्य शक्तिलाई खेल्ने मौका नदिऊँ । दुईवटा सहअध्यक्ष दिँदा हुन्छ वा अध्यक्ष नै सुम्पिँदा हुन्छ, जे जसो गर्दा पनि अब तयार होऊँ ।’ तर, यसो गरौं भन्ने स्पष्ट निर्णय भने त्यहाँ भएन । बरु आइतबार माओवादी अध्यक्षसँग केपी ओलीले नै निर्णायक वार्ता गर्ने तय भयो । तर, आइतवार पनि वार्ताको वतावरण भने बनने ।

सोमबार बल्ल आइसब्रेक हुन सक्यो । आइतबार स्थायी समिति बैठकमा पार्टी एकताबारे अरु नेताले जिज्ञासा राख्दा खै उहाँहरु जति दियो, त्यति नै धेरै माग गर्न थाल्नुभाछ’ भनेर संक्षिप्त तर निराशाजनक जवाफ दिएका ओली छलफललार्ई निर्णायक बनाउन कस्निुका पछाडि बालकोट बैठकमा भएको सूक्ष्म छलफल र विमर्श कारक रहेको स्रोतको दाबी छ ।

सहभागी स्रोतका अनुसार माओवादीसँग एकता हुँदा र नहुँदा सत्ता राजनीतिमा त्यसले पार्ने प्रभावबारे गभीर छलफल भएको थियो । संविधानको धारा, उपधारा, केलाउँदै नेताहरुले जोडघटाउ र हिसावकिताव निकालेका थिए । आगामी सरकारका के के विकल्प हुन सक्छन भन्ने कुरामा केन्द्रित रहेर समेत विमर्श भएको थियो । जनआस्थामा समाचार छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org