ताजा समाचार

देउवाले राजीनामा नदिँदै कमल थापा भए मन्त्रालयबाट बिदा

काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गर्दैगर्दा सरकारका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा मन्त्रालयबाट बिदाई भएका छन् । उर्जा मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्रालयका सचिब अनुप उपाध्यायले थापालाई ढाका टोपी र खादा लगाई मायाको चिनो स्वरुप पशुपतिनाथको मन्दिर हस्तान्तरण गरेको थापाका सहयोगी राजाराम बर्तौलाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

थापाको बिदाईका क्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो भने बिदाईका क्रममा थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org