ताजा समाचार

एमाले स्थायी कमिटी बैठक सकियो, ओलीलाई प्रधानमन्त्री बनाउने एमाले निर्णय

काठमाडौं, २ फागुन । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएका छन् । बुधबार आकस्मिक रुपमा बसेको एमाले स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गरिने सचिव गोकर्ण विष्टले बताए ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले सपथ नै लिन बाँकी रहेकाले दलको नेता चुन्न बाँकी छ । तर, एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org