ताजा समाचार

प्रधानमन्त्री देउवाको राजीनामा हल्लाले सेयर बजार उकालो लाग्यो

काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने हल्लाले सेयर बजार उकालो लागेको छ । बजार खुलेदेखि नै झिनो अंकले घटिरहेको सेयर बजार परिसूचक अन्तिम ४० मिनेटमा दोहोरो अंकले उकालो लागेको हो । प्रधानमन्त्री देउवाले आज पदबाट राजीनामा दिने चर्चा चलिरहेको छ । जसको असर सेयर बजारमा पनि देखिएको हो ।

आइतबार र सोमबार ओरालो लागेको नेप्से परिसूचक साताको चौथों कारोबार दिन उकालो लागेको छ। मंगलबार शिवरात्रीको सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन् । बुधबार नेप्से परिसूचक ८.६५ अंकले बढेर १३८८.९४ अंकमा पुगेको छ।

नेप्से परिसूचक उकालो लाग्दा कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। बिगत केहि दिन देखि ३० करोड रुपैयाँ भन्दा कम रकमको कारोबार भईरहँदा बुधबार ३८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

बुधबार १ सय ५५ कम्पनीका नौ लाख ३१ हजार कित्ता शेयर ३८ करोड ६४ लाख रुपैयाँमा खरिद बिक्री भयो। अघिल्लो कारोबार दिन भन्दा कारोबार रकम १४ करोड रुपैयाँ बढी हो। गत सोमबार २४ करोड रुपैयाँको कारोबार भएको थियो। बुधबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर पाँच करोड ५० लाख रुपैयाँमा खरिद बिक्री भएको हो।

१० समुहको कारोबारमा सात समूहमा वृद्धि देखिएको छ भने तीन समूह घटेका छन्। बैंक ५.६१, ट्रेडिङ ०.२६, होटल १०.३२, विकास बैंक २.७२, जलाविद्युत १८.२, बीमा १२१.५२ र लघुवित्त २०.५५ अंकले बढेका छन्।

फाइनान्स २.७९, उत्पादन मूलक ३.५६ र अन्य १.५४ अंकले घटेका छन्। आरएसडीसी लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org