ताजा समाचार

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त, सपथ भोली, सानो आकारको मन्त्रिपरिषद्

बुटवल, २ फागुन । प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो । तर, सभामुख चयन भइसकेपछि मात्र पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिनेछन् । भोलि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने एमाले र माओवादीको गृहकार्य छ । प्रदेश ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती चयन भएका छन् । उक्त क्षेत्रमा घर्तीका अलावा कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन भएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमत रहेको प्रदेश नम्बर ५ मा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको थियो । ८७ प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनसँग ६१ सांसद छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org