ताजा समाचार

ओली र प्रचण्डबीच भयो किस्ताबन्दीको सहमतिः ३ वर्ष ओली, २ वर्ष प्रचण्ड प्रधानमन्त्री

काठमाडौं, २ फागुन । नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता र सरकार गठन आलोपालोमा गर्ने सहमति भएको छ । दुई दलबीच पार्टी एकता गरी संयुक्त नेतृत्व गर्ने र आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो गरेर प्रधानमन्त्री बन्ने सहमति भएको जनाईएको छ ।

सहमति अनुसार सुरुका ३ वर्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् । त्यसपछिका २ वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । माओवादीले दसैँ लगत्तै वाम गठबन्धन बनाउँदा आधाआधा समय सरकार चलाउने भद्र सहमति भएको भन्दै सहमति कार्यान्वयनको अडान राख्दै आएको थियो ।

तर एमालेले भने सरकार र पार्टीको नेतृत्वका बारेमा कुनै सहमति नभएको दावी गर्दै आएको थियो । जसका कारण दुई पार्टीबिचको एकतामा ढिलाइ भएको थियो । आजको सहमति अनुसार एमाले र माओवादी मिलेर बन्ने नयाँ पार्टीको नेतृत्व भने ओली र प्रचण्ड दुवैले संयुक्त रुपमा गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org