ताजा समाचार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै सेयर बजारमा उत्साह

काठमाडौं, ३ फागुन । मुलुकको ४१ औं प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएसँगै सेयर बजार पनि उकालो लागेको छ । लगातार घटिरहेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने लगातार बढिरहेको छ । पुरानो सरकारको बर्हिगमन र नयाँ सरकारको आगमनको खुसीयाली सेयर बजारमा देखिएको हो । सेयर बजार हिजो प्रधानमनत्रीले राजीनामा दिने कुरा बाहीर आएसँगै केही बढेको थियो ।

आज प्रधानमन्त्रीको राजीनामा र नयाँ प्रधानमनत्रीको नियुक्तिसँगै सेयर बजार यो समाचार तयार पार्दासम्म करिब १५ अंकले वृद्धि भएको छ । कारोबार रकमसमेत बढ्ने क्रममा रहेको अहिलेसम्म करिब १८ करोड ५० लाखको कारोबार भएको छ । आज सबै उपसुचकहरुमा वृद्धि भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org