ताजा समाचार

हस्तमैथुनको इतिहासः महिलाले पुरुषको लिंग समात्नेदेखि नदि किनारमा जानेसम्म

काठमाडौं, ३ फागुन । हस्तमैथुन यौन आनन्द लिन सबैभन्दा सजिलो र सुरक्षित तरिका हो । यौन सम्पर्क जुनसुकै बेला र जहाँसुकै गर्न नसकिने हुँदा यौन आनन्द लिन हस्तमैथुन गरिन्छ । यो महिला र पुरुष दुवैले गर्ने गर्दछन् । हस्तमैथुन मानव इतिहासँगै जोडिएको छ । यसको सुरुवात कहिले कसरी भयो भन्ने एकिन तथ्यांक नभएपनि पाषाण एवं मध्यकालीन युगदेखिनै सुरु भएको मानिन्छ ।

यसको पुष्टि गर्ने आधारमा पाषण एवं मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले पनि पुष्टि गर्छ । हस्तमैथुन आज मात्र होइन, सदियौं अघिदेखि चल्दै आएको क्रिया हो । माल्टामा बनेको ४० लाख वर्ष इसापूर्व पुरानो मन्दिरको एउटा पेन्टिङमा महिलाले हस्तमैथुन गरिरहेको देखाइएको छ ।

ऐतिहासिक चित्र वा मूर्तिमा देखिने हस्तमैथुनमध्ये धेरैजसोमा पुरुष आरामदायक मुद्रामा हस्तमैथुन गरिरहेका हुन्छन् । पत्थरमा भेटिने चित्रमा पनि पुरुषले हस्तमैथुन गरेको देखाइएको छ । पाषाण युगमा पुरुषहरू तब हस्तमैथुन गर्थे, जब उनीहरू आराम गर्न जान्थे । यस्तै अवस्था महिलाको पनि छ । करिब डेढ हजार वर्ष पुरानो खजुराहोको मन्दिर वा खण्डरहरूमा हस्तमैथुनका केही क्रिया देख्न पाइन्छ । उक्त क्रियाका क्रममा केही स्थानमा महिलाले पुरुषको लिंग समातेर हस्तमैथुन गरिरहेको देखिन्छ ।

६ सय वर्ष इसापूर्वमा मिश्रको इतिहासमा हस्तमैथुनको महत्त्व दर्साइएको छ । ऐतिहासिक चित्रले देखाएको छ कि त्यतिबेला ठूलो संख्यामा पुरुषहरू कुनै खास उपलक्ष्यमा नील नदीको तटमा उभिएर हस्तमैथुन गर्थे र आफ्नो वीर्य नदीमा प्रवाह गर्थे ।

केही चित्रमा पुरुषहरू नदीको तटमा उभिएर दुई हातले मैथुन गरिरहेको देखाइएको छ । त्यति बेलाका मानिसहरूमा जब ईश्वरले हस्तमैथुन गर्छन्, तब चमत्कार हुन्छ भन्ने विश्वास थियो । मिश्रमा हजारौं वर्ष पहिले नै हस्तमैथुन शारीरिक दृष्टिले स्वास्थ्यवद्र्धक मानिन्थ्यो भने यसलाई सेक्सुअल फ्रस्टेशन मेटाउने साधनका रूपमा पनि लिइन्थ्यो । मिश्रको प्राचीन सभ्यतामा महिलाहरू पनि हस्तमैथुनलाई राम्रो मान्थे ।

रोमका प्राचीन चित्रमा देखाइएअनुसार जेल सजाय काटिरहेकाहरू हस्तमैथुन गर्थे । प्राचीन मूर्तिबाट यो कुरा जान्न सकिन्छ कि रोममा केवल देब्रे हातले मैथुन गर्ने चलन थियो । एक सभ्यता यस्तो पनि थियो, जसमा हस्तमैथुन पूर्ण रूपले वर्जित थियो । त्यो अफ्रिकी सभ्यता थियो । यतिसम्म कि त्यहाँको भाषामा हस्तमैथुन भन्ने कुनै शब्द नै छैन । यसलाई त्यहाँ अपराध मानिन्थ्यो । यसैगरी मुस्लिम समाजमा पनि हस्तमैथुन वर्जित छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org