ओली सरकार उपप्रधानमन्त्रीविहिन हुने, नेता व्यवस्थापन गर्न ओलीको नयाँ जुक्ति
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नराख्ने भएका छन् । ओलीले उक्त प्रस्ताव वाम गठबन्धनसमक्ष राखेका छन् । प्रधानमन्त्री ओलीले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डसँग राखेका हुन् । माओवादी र एमाले दुबै पार्टीहरु एक भइसकेकाले अब गठबन्धन सरकारमा जस्तो उपप्रधानमन्त्री बनाइरहन आवश्यक नरहेको प्रधानमन्त्री ओलीको प्रस्ताव छ ।
पहिलो पटक प्रधानमन्त्री बन्दा ६ जना उपप्रधानमन्त्री राखेर आलोचित भएका ओलीले यसपटक यस्तो प्रस्ताव गरेका हुन् । उपप्रधानमन्त्री धेरै बनाउँदा जनतामा राम्रो सन्देश नगएको भन्दै ओलीले त्यस्तो अलोकप्रिय काम नगर्ने चाहना व्यक्त गरेको एक नेताले बताए । माओवादीबाट रामबहादुर थापाले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व दाबी गर्दै आएका छन् । एमालेमा महासचिव ईश्वर पोखरेल लगायतले उपप्रधानमन्त्री दाबी गरिरहेका छन् ।
उपप्रधानमन्त्रीको दाबी गरिरहेका शीर्ष नेताहरुलाई व्यवस्थापन गर्ने जुक्तिका रुपमा ओलीले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव प्रचण्डसमक्ष राखेका हुन् । ‘ओलीजी कसैलाई पनि उपप्रधानमन्त्री नबनाऔं भन्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो,’ प्रधानमन्त्रीले कसैलाई कार्यभार दिनुपर्दा एकजनालाई दिए भइहाल्छ, उपप्रधानमन्त्री नै हुनुपर्छ भन्ने छैन ।’
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...