सहकारी नै प्रदेश समृद्धिको खम्बा ः मुख्यमन्त्री राई
इटहरी, १२ फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरुपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र प्रभावकारी प्रदेशकोे गुरुयोजना बनाउने कार्यमा लागिरहेको बताउनुभएको छ ।
मुख्यमन्त्री राईले सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले इटहरीमा आजदेखि आयोजना गरेको सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । सहकारी नै प्रदेश समृद्धिको मुख्य खम्बा हो भन्दै मुख्यन्त्री राईले कृषि, पर्यटन, जलस्रोत, जडीबुटी एवं औद्योगिक क्षेत्रको विकास र प्रवद्र्धन गर्दै यस प्रदेशमा भएका सम्पूर्ण प्राकृतिक सम्पदाको समुचित उपयोगका लागि ठोस नीति तथा कार्यक्रम बनाएर अधि बढ्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नयाँ नेपालको संविधानका प्रस्तावनामा नै सहकारीबाट मात्र देशलाई आर्थिक सवलताको बिन्दुमा अघि बढाउन सकिन्छ भन्ने भावना प्रतिबिम्वित गराउने कार्य भएकाले अब प्रत्येक प्रादेशिक सरकारले संविधानको उक्त तीन खम्बे आर्थिक नीति मुताविक नै नयाँ नीति योजना र कार्यक्रम बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा १ नम्बर प्रदेशको उपसभामुख सरस्वती पोख्रेल, प्रदेश सांसदहरु सर्वध्वजा साँवा, लिलम बस्नेत, कुसुमकुमारी श्रेष्ठ र राष्ट्रिय सहकारी महासंघ लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठले सहकारीका विषयमा बोल्नुभएको थियो । रासस
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...