ताजा समाचार

उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा जाने

काठमाडौँ ,१४ फागुन । संघीय समाजवादी फोरम नेपाल एमाले नेतृत्वको सरकारमा जाने भएको छ । सरकारमा जानका लागि फोरम अध्यक्ष उपेन्द्र यादवसँग एमाले र माओवादीका शीर्ष नेताले प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा छलफल गरेका थिए । उक्त वार्तामा फोरमले सरकारमा जाने निर्णय गरेको थियो ।

वार्तामा ‘संविधान संशोधन प्रक्रिया टुंग्याउने’ सहमति दुई पक्षबीच भएको थियो । तर सरकारमा जानको लागि फोरमले दुई मन्त्रालयको माग गरेको छ अब अध्यक्ष यादवले परराष्ट्र मन्त्रालय सम्हाल्दैछन् ।

सरकारमा जानको लागि आजदिउँसो फोरम नेपालको पदाधिकारीको बैठक तीनकुनेस्थित कार्यालयमा बसेको थियो । सरकारमा जाने निश्चित भइसके पनि सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग गरिने सम्झौताबारेमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org