ताजा समाचार

जनकपुरका मुख्यमन्त्री झाडू बोकेर सरसफाइमा उत्रिए

जनकपुर,१५ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुर शहर सरसफाइ अभियानमा आफै अग्रसर भएका छन् ।

मुख्यमन्त्री राउत स्वयमं सडक निस्केर सरसफाइ गर्न थालेपछि उनलाई हेर्न सर्वसाधारणको भीड लागेको थियो । सरसफाइका लागि सडकमा उत्रिएका राउतले जनकचोकदेखि जानकी मन्दिसम्मको सरसफाइमा सहभागी जनाए। ऐतिहासिक धार्मिक शहरको रुपमा रहेको जनकपुर पछिल्लो समय फोहोर फाक्ने मैदान जस्तै भएको थियो ।

मुख्यमन्त्री राउतले प्रदेशलाई स्वच्छ बनाउन नियमित सरसफाइमा ध्यान दिनुपर्ने बताए । ‘कुनै पनि ठाउँको सुसभ्य नागरिकको परिचय त्यस स्थानको सरसफाइ र वातावरणले पनि दिन्छ,’उनले भने,‘ । त्यसैले यस प्रदेशभित्रको हरेक गाउँपालिका, नगरपालिकादेखि महानगरपालिकासम्म सरसफाई अभियान चलाउनुपर्ने उनको तर्क थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org