ताजा समाचार

आगलागीबाट करिब रु ५० लाखको क्षति

काठमाडौँ, १५ फागुन । पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ ।
महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचाँै तलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिनुभयो । उक्त घटनामा मानवीय क्षति भने भएको थिएन ।

आगो नियन्त्रणमा लिन घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका थिए भने काठमाडौँ उपत्यकाका चारवटा दमकल प्रयोग गरिएको थियो ।

सो संस्थाबाट उच्च शिक्षाको अध्ययन पूरा गरेका विद्यार्थीलाई विभिन्न मुलुकमा थप अध्ययनका लागि आवश्यक परामर्श तथा अध्यापनको कार्य गरिँदै आएको थियो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org