ताजा समाचार

विश्वासको मत माग्दै मुख्यमन्त्री : प्रदेश समृद्धिका लागि सबै एक हुनुपर्ने

कर्णाली, १५ फागुन । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँचौ संसद बैठकका क्रममा विश्वासको मत माग्दै प्रदेश समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

प्रदेशको विकास समृद्धिका लागि जनताले भोट दिएको र सोही विश्वास कायम गर्न सबै एक हुनुपर्ने शाहीले बताए ।

संविधानको धारा १६८ को उपधारा ४ मा मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । एमाले र माओवादीका ३३ सांसदको समर्थनमा शाहीको नेतृत्वमा कर्णाली सरकार गठन भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org