ताजा समाचार

संविधान संशोधनमा सरकारलाई गम्भीर हुन राजपाको माग

काठमाडौं, १६ फागुन । राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको विषयमा सरकारलाई गम्भीर हुन माग गरेको छ। राजपा अध्यक्ष महन्थ ठाकुरले आज विज्ञप्ति जारी गर्दै संविधान संशोधनको विषयलामा सरकार मौन रहेको बताए । संघीय समाजवादी फोरमसँग एमाले र माओवादी केन्द्रले संविधान संशोधनको विषय उल्लेख गरेर समझदारीमा हस्ताक्षरको तयारी गरिरहँदा राजपाले संशोधनका विषयमा सरकार संवेदनशील नदेखिएको धारणा सार्वजनिक गरेको हो।

जारी गरेको विज्ञप्तीमा भनिएको छ– मधेसी, थारु, आदिवासी जनजाती, पिछडावर्ग, अल्पसंख्यक, मुस्लिम र दलित लगायतद्वारा उठाएको माग पूरा हुने गरी संविधान संशोधन तथा झुठा मुद्दा फिर्ता, बन्दी रिहाइलगायतका विषय अबिलम्ब सम्बोधन हुने गरी वातावरण बनाउन इमान्दारीपूर्वक नेपाल सरकारसँग जोडदार माग गर्दछौं।

केपी शर्मा ओली नेतृत्वको सरकारले संघीय फोरमलाई सरकारमा ल्याउन ‘आपसी छलफल र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने’ वाक्य राखेर सहमतिमा हस्ताक्षरको तयारी गरिरहेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org