ताजा समाचार

हतियार प्रहार गरी चुच्चेपाटीमा एक युवकको हत्या

काठमाडौं,१८ फागुन। धारिलो हतियार प्रहार गरी गएराति काठमाडौंको चुच्चेपाटीमा एकजना युवकको हत्या भएको छ । लुम्विनी कलेज नजिकको गल्लीमा स्थानीय २५ वर्षीय छिरिङ शेर्पाको हत्या भएको हो । हत्यामा संलग्न १८ वर्षीय विवेक तामाङलाई बौद्ध प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादमा विवेक तामाङले उनको छातीमा हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।  गम्भीर घाइते भएका छिरिङको उपचारको क्रममा मेडिकेयर अस्पतालमा मृत्यु भएको वौद्ध प्रहरीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org