ताजा समाचार

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउदै

 

 

 

काठमाडौं,१८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलिलाई बधाइ दिनकालागि पाकिस्तानका प्रधानमन्त्री सोमबार नेपाल आउने भएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुई दिने भ्रमणमा सोमबार नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन अब्बासी नेपाल आउन लागेको बालुवाटार स्रोतले जनाएको छ । दुई दिने नेपाल बसाइका क्रममा प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्ने पनि स्रोतले बताइएको छ ।

नेपाल सार्क राष्ट्रको अध्यक्ष देश हो । पाकिस्तानमा सार्क सम्मेलन गर्ने निर्णय गरिएको भएपनि भारतलगाएतका देशले सहभागीता नजनाउने बताएपछि सम्मेलन हुन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org