ताजा समाचार

फोरम सरकारमा आएपछि संविधान संशोधनबारे छलफल हुन्छ : प्रचण्ड

अछाम,१८ फागुन। अब संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

बिहीबार अछाम पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा फोरम सरकारमा सहभागी हुने सहमति भइसकेको बताएका हुन् । संघीय समाजवादी फोरमसंग सहमति भइसक्यो उनले पत्रकारहरुसँग भने ।

उपेन्द्र यादव नेतृवको उक्त पार्टी सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवाद केन्द्र तयार भइसकेको पनि प्रचण्डले बताए । मधेस आन्दोलनका क्रममा उठाइएका मुद्दालाई राजनीतिक छलफल र सहमतिका आधारमा संविधान संशोधन गरिने उनको भनाइ छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org